बर्दीमै टिकटक बनाउने नेपाल प्रहरीका सईलाई कारबाही

आइतबार, ११ फाल्गुन २०७६

काठमाडौँ -प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक जना अधिकारी कारबाहीमा परेका छन् ।महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ । प्रहरी आयुक्त विश्वराज पोखरेलले थापाको ठाउँमा सई राजु प्रसाईंलाई पठाइसकिएको बताए ।‘बर्दीको दुरुपयोग गर्दै टिकटकमा भिडियो बनाउने अन्यविरुद्ध पनि अनुसन्धान भइरहेको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने, ‘प्रहरी नियमावलीमा भएको व्यवस्था बमोजिम उहाँहरुमाथि कारबाही हुन्छ ।’