संविधान दिवसको अवसरमा बौनियाँ पनि बिबिध कार्यक्रम
असोज ०३,बौनिया – संविधान जारि भएको तेस्रो बर्षको अवसर पारेर बुधबार जगत तारा ईग्लिस बोर्डिङ्ग स्कुल बौनियाले बिबिध कार्यक्रम गरेको छ । बुधाबर विद्यालयका प्रिन्सिपल मनोज कुमार पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख विद्यालयका परीक्षा संयोजक राजेन्द्र मल्ल रहेका थिए ।
सो अवसमा बिधालयले शैक्षीक सत्र २०७५ का शुक्रबार मा बिद्यालयमा आयोजित अतिरित्त क्रियाकलापमा विजयी बिधार्थिहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममाविद्यार्थीहरुले बिबिध रचना वाचन गर्नुका साथै आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिधालयको कक्षा १० मा अध्यनरत छात्र वृजेस ढुङ्गाना लगायतकाले संविधानको बिषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मनोज कुमार पन्तले यस्ता राष्ट्रिय दिवसहरुको अवसरमा विद्यालय बन्द गर्नुको साटो विद्यालयमा रचनात्मक कार्यक्रम सञ्चालन गरेर अघि बड्न राम्रो हुने भन्दै सोही कुराको सुरुवात स्वरुप कार्यक्रम आयोजना भएको बताए । विद्यालयका सहायक प्रिन्सिपल विनोद थापाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक धर्म हमालले गरेका थिए ।
