धिरु बस्नेत सहित नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा, कसको पदस्थापन कहाँ ?
काठमाडौं – सरकारले नेपाल प्रहरीका डिआइजी धिरु बस्नेत सहित तीन जनालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो ।
कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए ।
बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।