थप सक्रिय बने सामाजिक अभियन्ता जनक धामी
काठमाडौं – बर्दियाको गेरुवा गाउँपालिकाका युवा व्यवसायी एवं सामाजिक अभियन्ता साथै हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनकबहादुर धामीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आई बसेकालाई हिजो विहीबार पुनः राहत वितरण गरेका छन् ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौ आएर ज्यालादारी काम गर्ने मजदुरहरु र कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरुले खान नपाएर अलपत्र परेकाहरुलाई हिजो विहीबार समाजसेवी धामीको विशेष पहलमा मोहन राज जोशि, सन्तोश ढुङगेल, पुरन रोकाया र प्रेम माझीको सहयोगमा काठमाडौ र ललितपुरमा राहत वितरण कार्य समापन भएको समाजसेवी धामीले हामीलाई बताए ।
जिल्लाका मानिसहरुलाई समस्या परेपछि थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेको उनको भनाई छ । दुई स्थानीय तहका झण्डै ९० जनाले राहत पाएपछि दैनिक जीविकामा सहज भएको पीडितहरुले बताए । राहत पाउनेमा विशेषगरी चौधरी समूहका रहेका छन् ।
धामीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गाउँपालिकाको राहत कोषमा एक लाख एक हजार रुपैंया उपलव्ध गराएका छन् । धामीले गाउँघरमा अप्ठेरो परेका बेला व्यक्तिगत रुपले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।
स्मरणरहोस् धामीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गाउँपालिकाको राहत कोषमा एक लाख एक हजार रुपैंया उपलव्ध गराएका छन् । धामीले गाउँघरमा अप्ठेरो परेका बेला व्यक्तिगत रुपले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् ।