संसदमा दर्ता भयो भूमि फिर्ता ल्याउँन संकल्प प्रस्ताव, अव के हुन्छ ?
काठमाडौं – भारतले अतिक्रण गरेको पश्चिम नेपालको लिपुलेक, कालापनी फिर्ता ल्याउन संघिय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। प्रतिनिधिसभाका ६ जना सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन् । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको उनीहरुले बताएका छन् ।
संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ।