भूमि व्यवस्थामन्त्री अर्यालले भनिन्, ‘लिम्पियाधुरा नेपालको होइन’
काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा नेपालको नभएको बताएकी छिन । आइतबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै मन्त्री अर्यालले लिम्पियाधुरा नेपालको नक्सामा नरहेको बताएकी हुन ।
उक्त अन्तर्वार्तामा लिम्पियाधुरा नेपालको इतिहासमा कहिले पनि नक्सामा नरहेको र अहिले पनि नेपालको नभएको बताएकी थिइन । मन्त्री अर्यालले सुगैली सन्धीको विरुद्धमा अभिब्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ ।
यस विषयमा आपक्ति जनाउँदै नेकपा स्थायी समिती सदस्य भिम रावलले मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै रावलले मन्त्री अर्यालको अभिव्यक्ति राष्ट्रिय स्वाधीनता विपरित रहेको उल्लेख गरे ।
‘मन्त्रीले एकदमै गलत, झुटो र नेपालको हित विपरितको वक्तब्य दिनुभयो ।’ रावलले भने, ‘ म यसप्रति आपत्ति जनाउन चाहन्छु । भारतले नेपालमाथि गरेको अतिक्रमणको निन्दा भत्सर्ना त हामी गर्छौ नै, कालापानी क्षेत्रबाट भारतीय सेना फर्किनु पर्छ भनेर त भनेकै छौँ । त्यो सुगौली सन्धीको धारण विपरित छ भनेर हामीले भन्दै आएका छौँ । तर सबैभन्दा दुःखको कुरा के छ भने हामीले पटक पटक नेपालको नक्सा प्रकाशन गर्नुप¥यो भनेर गरेको मागलाई व्यवास्ता गर्ने, अनि त्यो नक्सा प्रकाशन गर्नुपर्ने मन्त्रीले लिम्पियाधुरा हाम्रो नक्सामा थिएन भनेर झुटो बयान दिने र नेपालको हित विपरित कुरा गर्ने यो एकदमै आपत्तिजनक छ ।’
यो पनि पढ्नुहोस्