‘विप्लव दाई आदेश देउ , सिमा रक्षाका लागि सहिद हुन तयार छौं’

सोमबार, २९ बैशाख २०७७

काठमाडौं – सरकारी संयन्त्रले नेपालको सिमा रक्षा गर्न नसकेको भन्दै युवाहरुले देश रक्षाका लागि लड्न तयार रहेको बताएका छन । सामाजिक संजालमा जनस्तरबाट भारतसँग लड्नका लागि तयार रहेको बताउँदै विप्लवको आदेशमात्र पर्खेर बसेको बताएका छन ।

सामाजिक संजालमा राष्ट्रभावले ओतप्रोत युवाहरुले आदेश दिए भारतसँग लड्न तयार रहेको उनीहरुको भनाई छ । उनीहरुले देशका लागि सहिद हुन पनि तयार रहेको बताएका छन । जनस्तरबाट विप्लवलाई जनताको साथ रहेको भन्दै युवाहरुले आदेश दिन ढिलाइ गर्न नहुने भन्दै दवाव दिएका छन ।

पार्टीको कुनैपनि संयन्त्रमा नलागेका राजनीतिलाई घिर्णा गर्ने युवाहरुले पनि विप्लवको आदेश पर्खेर बसेको बताएका छन । भारतले नेपालको भुमि मिचेर मानसरोबर जाने सडक बनाएको भन्दै आक्रोसित युवाहरुले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपालाई गुहारेका हुन ।

सामाजिक संंजालमा पूर्ण थापा नाम गरेका युवाले आफू पनि भारत विरुद्ध हतियार बोक्न तयार रहेको बताएका छन । त्यस्तै, चरित्र साउद नाम गरेको युवाले भनेका छन, ‘क विप्लव आदेश दिनुस् , कहाँ कतिवेला के गर्ने हामी गर्छौँ।’

यस्ता हजारौं युवाले अगाडी बढे जनताको साथ रहेको भन्दै आफ्ना सेनालाई सिमाना खटाउन आग्रह गरेका छन । कतिले देशका लागि आत्माघाति हमला गर्न पनि तयार रहेको बताएका छन ।