लालबन्दीमा लकडाउन कडा पारिने, खाद्यान्न पसल साँझ ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्ने
सर्लाही – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा लकडाउन अर्थात बन्दाबन्दीलाई (मंगलवार)देखि थप कडा पारिने भएको छ ।
देशभर नै कोरोना भाईरस (कोभिड–१९) का संक्रमित बढिरहेको अवस्थामा बजार क्षेत्रमा अस्वाभाविक भिडभाड बढेपछि मंगलबारबाट कडाई गर्न लागिएको हो । लालबन्दी बजारमा यसअघि खाद्यान्न बिक्री गर्ने पसल व्यवसाय जुनसुकै बेला खोल्न दिइएको थियो ।
मंगलबारबाट साँझ ५ बजेदेखि ७ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले बताए ।