आज मात्रै थपिए २४ जना कोरोना संक्रमित
काठमाडौं – आजमात्रै २४ जना कोरोना भाइरस (कोभिड १९) का विरामी भेटिएका छन । कपिलवस्तु, रुपन्देही, सस्तरी र बर्दियामा कोरोनाका संक्रमित भेटिएका हुन ।
आजमात्रै कपिलवस्तुमा कपिलवस्तुमा मात्र सोमबार १६ जना, रुपन्देहीमा ६, बर्दियामा १ र सस्तरी जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
सोमबार विहान १० र दिउसो १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको मन्त्रालयले वेलुका थप १३ जना संक्रमित भएको जनाएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । बर्दियामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।