भारतबाट आएका थप ११ जनाको एन्टिबडी पोजेटिभ
प्यूठान – जिल्लाको प्यूठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेका ११ जनाको एन्टिबडी पोजेटिभ देखिएको छ । आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको हो ।
क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकाको परीक्षण गर्दा एन्टिबडी पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
कोरोना एन्टिबडी पोजेटिभ देखिएपछि उनीहरुसंँगै रहेका २८ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । संकलित नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ ।
उनीहरुमध्ये कोही भारतबाट आएका र कोही नेपालकै विभिन्न शहरबाट आएका बुझिएको छ ।