यस्तो छ काठमाडौँकी कोरोना संक्रमित महिलाको ट्राभल हिष्ट्री

बुधबार, ३१ बैशाख २०७७

काठमाडौँ – काठमाडौँमा भेटिएकी कोरोना संक्रमित काठमाडौंको चन्द्रागिरी नगरपालिका ९ मच्छेनारायानकी स्थानीय भएको खुलेको छ । उनी भारत हुँदै नेपालगंज आएको र जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेसा भएको छ ।

उनमा मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ति महिलासँगै काठमाडौं आएकाहरूको नगरपालिकाले अहिले खोजी तीव्र पारेको छ । लुकिछिपी बाहिरबाट मान्छे आउँदा पनि लकडाउन कडा गरिएको छैन । जसले गर्दा संक्रमितको संख्या अझ बढ्ने बुझिएको छ ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ति महिलासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।