टिचिङ हस्पिटलमा भर्ना भएकी ६ बर्षिय बालिकामा कोरोना पोजिटिभ

बिहिबार, १ जेष्ठ २०७७

काठमाडौँ – बिहीबार बिहान कोरोना पोजेटिभ देखिएकी ६ वर्षीय बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । उनलाई ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।

शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएकपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।

उनलाई वैशाख ३० गते भर्ना गरिएको त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएको छ । उनलाई इएनटीको ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती बिरामीको कोरोना रिपोर्ट अझै सार्वजनिक गरेको छैन ।