कविता : नेपाल आमा आइसियुमा हुदा !
तिमी कुन समृद्धि र विकासका सपना देख्छौ।
अर्धचेत भएर आमा आसियुमा हुदा
कहाँ थियौं तिमि आमाको अस्मितामा आँच आउँदा ,
कस्तो तिम्रो सत्ताको भोक
कहिल्यै नअघाउने,
स्वाभिमान गुमाएर म समृद्धि चाहन्न
मलाई त स्वाभिमान सहितको समृद्धि चाहिएको छ।
अन्धाधुन्ध दौडिरयौ कुन खेलमा तिमी
१४ वर्ष जेलमा के सिक्क गयौ तिमी ?
लिलामी हुँदै छ स्वाभिमान
खुलेआम बजारमा ,
तमासा हेरिराख तिमी
बसेर सरकारमा।
कस्ता कमनिष्ट हौ तिमी
कुरुप चरीत्र बोकेर राजनीति गर्ने ,
सपनाका कुराहरु पछी गरौंला
अहिले आइसियुबाट आमालाई निकाल्नु छ ,
आमा हाँस्छिन भनेर मैले तिम्रो पाटिको
झन्डा बोकेको थिएँ,
आज रुने ठाउँ खोज्दै घर फर्किएको छु।