९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं – शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परिक्षणमा बाँकेका ८ जना पुरुष र मकवानपुरका १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।
