९३२ सरकारी कर्मचारीको कोरोना परिक्षण, ३१ जनाको आरडीटी पोजेटिभ

शुक्रबार, २ जेष्ठ २०७७

काठमाडौं – काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाई कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले बताए ।

उनकाअनुसार आज महानगरपालिकाका ९३२ सफाई कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । उनका अनुसार आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । जसमा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।

यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पनि पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए(नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।

कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।