कोरोना सम्बन्धी गाउँपालिका अध्यक्षको मर्मस्पर्शी गीत, विदेशमा रहेकाले हेर्नै पर्ने (भिडियोसहित)
काठमाडौं – कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले कोरोना सम्बन्धी नयाँ लोक दोहोेरी गीत बजारमा ल्याएका छन । ‘बिरामी भाछौं रे’ बोलको गीमा धर्म राज न्यौपाने र टिका पुनको स्वर रहेको छ ।
अध्यक्ष बमको शब्द रहेको उक्त गीतमा गायक न्यौपानेको संगीत रहेको छ । कोरोना भाइरसका कारण क्रसित भइरहेको वेलामा जनचेतनामूलक गीत बजारमा ल्याएर बमले चौतर्फी प्रशंसा पाइरहेका छन ।
क्वारेन्टाइनमा बसेकाहरुको कथालाई समेटेर गीत तयार पारिएको हो । रोग फैलिनबाट रोक्नका लागि उक्त गीतले सहयोग गर्ने अपेक्षा गरिएको छ ।