मदन भण्डारी हत्याको गहिरो अन्वेषण गर्ने ओली–प्रचण्डको प्रतिवद्धता
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको मदन भण्डारीको हत्या प्रकरणबारे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन् ।
२७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा आज जेठ ३ गते दुवै अध्यक्ष ओली र प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।
जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो ।
मदन आश्रित स्मृति दिवसकै ऐतिहासिक सनदर्भ २ बर्ष अगाडि २०७५ जेठ ३ गते ततकालिन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो ।
