कोरोना रोकथाम गर्न नसकेपछि स्वास्थ्यमन्त्रीले दिए राजीनामा
एजेन्सी – ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टीशले राजीनामा दिएका छन् । एक महिनाअघि मन्त्रीको सपथ लिएका टीशले शुक्रबार राजीनामा दिएका हुन ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री नेल्सनले राजीनामा दिएको पुष्टि गरेको थियो । उनी स्वास्थ्य मन्त्री पदमा एक महिनाभन्दा पनि कम समय रहे ।
कोरोना भाइरसको संक्रमणको अवस्था निकै भयावह अवस्थामा पुगेको ब्राजिलमा यसै महिनामा अर्का स्वास्थ्य मन्त्रीले पनि राजीनामा दिएका थिए । पछिल्लो समय दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सनारो र नेल्सन टीशबीच मतभेद रहँदै आएको थियो ।
बिहीबार मात्रै जर्मनी र फ्रान्सलाई पछि पार्दै ब्राजिलमा कोरोना संक्रमितको संख्या दुई लाख पुगेको थियो ।
यो पनि पढ्नुहोस्
