काठमाडौंमा १३ जना कोरोना संक्रमित

शनिबार, ३ जेष्ठ २०७७

काठमाडौं – नेकाठमाडौंमा १३ जना कोरोना भाइरस (कोभिड १९) का विरामी रहेको पाइएको छ । काठमाडौंको टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालले जनाएको छन ।

त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र शिक्षण अस्पतालकै एक कर्मचारीको उपचार भइरहेको त्यहाँका चिकित्सक डा. सन्तकुमार दासले जानकारी दिए । दाङ घर भएका शिक्षण अस्पतालका कर्मचारीमा शुक्रबार संक्रमण देखिएको थियो ।

एपीएफ अस्पतालमा दहचोकका ७ वर्षका बालक र अस्पतालमै कार्यरत कर्मचारी उपचाररत रहेका त्यहाँका चिकित्सक डा. महेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय काठमाडौंको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।