नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो, १ जनाको मृत्यु

शनिबार, ३ जेष्ठ २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । मृत्यु भएकी महिलासहित धनुषाका २ जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । । उनीहरको स्वास्थ्य अवस्था सामान्य छ ।