इजरायलका लागि चिनियाँ राजदूतको रहस्यमय मृत्यु

आइतबार, ४ जेष्ठ २०७७

इजरायल – इजरायलका लागि चीनका राजदूत दु वेई आफ्नो आवास क्षेत्रमा आइतबार बिहान मृत अवस्थामा भेटिएका छन् ।

५७ वर्षका वेईको निधनबारे थप जानकारी आउन बाँकी नै छ । राजदूतको निधनसँगै उनी बस्ने हर्जलियास्थित घरबाहिर प्रहरीको भीड जम्मा भएको छ । यो क्षेत्र तेल अभिभबाट उत्तरतर्फ पर्छ ।

आफ्ना राजदूतको निधनबारे अहिलेसम्म इजरायलस्थित चिनियाँ दूतावास र बेइजङको विदेश मन्त्रालयले कुनै टिप्पणी गरेको छैन ।

फेब्रुअरी २०२० मा विई राजदूत नियुक्त भएका थिए । उनले मध्य मार्चमा जेरुसलेम पोस्टमा लेख लेख्दै आफू चीनबाट दूतावासको जिम्मेवारी सम्हाल्न आएलगत्तै दुई साता अनिवार्य क्वारेनटाइनमा बस्नुपरेको अनुभव साटेका थिए ।

विईकी श्रीमती र एक छोरा छन् । उनको हत्या होकी मृत्यु भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहले बताएका छन ।