थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, ५ जेष्ठ २०७७

नेपालगञ्ज – बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन ।