लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा पारित
काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको हो । आजैको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन्।
बैठकका उपस्थित एक मन्त्रीले भने, ‘लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा आज पारित भएको छ।’ मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन्।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ।