भारतबाट लुकिछिपी आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५८ पुग्यो

सोमबार, ५ जेष्ठ २०७७

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ ।

यसअघि सोमबार नै नेपालमा थप ६२ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।