कालिकोटको पचालझरना गाउँपालिकाले सुरु गर्यो भारतमा रहेको नागरिकको उद्धार
काठमाडौं – कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले पालिका भित्र स्थायी घर भएका आफ्नो नागरिकको उद्धार कार्य थालेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै भारतको सिक्किममा रहेको आफ्ना नागरिकलाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।
गाउँपालिका अध्यक्ष खड्ग सेजुवालद्वारा जारी सूचनामा कामको खोजिमा सिक्किम पुगेका गाउँपालिकाका ५० जनालाई गाउँपालिकासम्म पुर्याई सहयोग गरिदिन हुन अनुरोध गरिएको छ । पालिकाले मजदुरीका लागि सिक्किम पुगेका उनीहरुलाई गाउँपालिकासम्म पुर्याउनका लागि सम्बन्धी सबै क्षेत्रलाई आग्रह गरेको छ ।
गाउँपालिकाका ५० जना लामो समयदेखि सिक्किममा अलपत्र परेका थिए । यो सूचनासंगै त्यहाँ रहेका मजदुरहरुमा खुशीयाली छाएको छ । उनीहरुलाई विभिन्न ठाउँका क्वारेन्टाइनमा राखेर घर जान दिने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।
