काठमाडौंमा ५ जना कोरोना संक्रमित थपिए

मंगलबार, ६ जेष्ठ २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन । काठमाडौं जिल्लामा ३, भक्तपुर र ललितपुरमा १/१ जनामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सहित देशभर २७ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार संक्रमित रहेको जिल्ला ३६ पुगेको छ ।