देशभर ३८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित ? सूचीसहित
काठमाडौं – हालसम्म कोरोनाभाइरस (कोभिड १९) संक्रमण नेपालका ३८ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारमात्रै ललितपुर, सिन्धुली, लमजुङ र रामेछाप जिल्लामा पहिलो पटक संक्रमण पुष्टि भएको छ ।
ती जिल्लाहरुमा १–१ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मंगलबार २७ जना थपिएसँगै कूल संक्रमितको संख्या ४०२ पुगेको छ । यस्तै सबै प्रदेशमा कोरोनाको संक्रमण फैलिसकेको छ ।
कर्णाली प्रदेशमा सोमबार दैलेखमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सबै प्रदेशगत रुपमा सबै प्रदेशमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी, सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप र सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै २ जनाको मृत्यु भएको छ ।
तथ्यांक हेर्नुहोस्, कुन जिल्लामा कति संक्रमित ?

