नेपालमा पहिलो पटक डाक्टरमा देखियो कोरोना, को हुन ती डाक्टर ?

मंगलबार, ६ जेष्ठ २०७७

काठमाडौं – नेपालमा पहिलो पटक डाक्टरमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङमा संलग्न एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका स्थायी बासिन्दा उनलाई कोरोना संक्रमण भएको हो । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ ।

यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।