ब्रेक फेल भएर जिप दुर्घटना, कति भयो क्षति ?

बुधबार, ७ जेष्ठ २०७७

काठमाडौं – काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् ।

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार खाद्यान्न लिएर गएको बोलेरोमा तीन जना यात्रु थिए । तीमध्ये दुई जनाले हाम फालेका थिए । बोलेरोभित्रै बसेकी महिलाको अवस्था सामान्य छ ।

पौडेलका अनुसार केही तल पुगेर बोलेरो रोकिएको थियो । हामफाल्ने दुई जना भने सुनकोशी नदीमा खसेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।