कोरोना संक्रमित बढेको भन्दै काठमाडौंको तरकारीमाथि प्रतिबन्ध
काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकाले काठमाडौँका तीन क्षेत्रबाट विक्री हुने तरकारीमाथि प्रतिबन्ध लगाएको छ ।
कोरोनाको संक्रमणको जोखिम भन्दै नगरपालिकाले कालीमाटी, बल्खु रबानेश्वरको तरकारी र फलफूल आफ्नो नगरमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो।
मेयर गजेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा कालीमाटी, बल्खु र बानेश्वरबाट तरकारी र फलफूल ल्याएर विक्रीवितरण गरेमा कडा कारबाही गरिने चेतावनी दिइएको छ। ती क्षेत्रमा आउने तरकारी तराई तथा भारतबाट आउने गरेको र त्यसले कोरोना संक्रमणको जोखिम बढेको नगरपालिकको जिकिर छ।
यसैगरी, नगरपालिका रहेका खाद्यान्न पसल बिहान ५ देखि ११ बजेसम्म मात्र खोल्न निर्देशन दिइएको छ।
