भुकम्पको केन्द्रविन्दु भक्तपुर

बिहिबार, ८ जेष्ठ २०७७

काठमाडौं – एका बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर १५ मिने जाँदा भूकम्प गएको हो ।

भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए ।

उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए ।