विद्यार्थी नेता लेख्छन : भारतीय साम्राज्यबाद विरुद्ध लड्न तयार छौं

बिहिबार, ८ जेष्ठ २०७७

काठमाडौं – प्राचिनकालदेखि आजको गणतन्त्रसम्म नेपाली जनताहरुलार्इ सत्तासिन शासकहरुले पटक पटक नयाँ नयाँ नारा दिएर त्थ्यही नयाँ नारा भित्रबाट जनताको भविश्य खोस्ने काम गर्दै आए । तर आज विश्वोसामु नयाँ परिस्थिति सिर्जना भयको छ ।

मानवसामुदायको रक्षा, आतंकबादको सामना र पर्यावरणको संरक्षण जस्ता यूगिन समस्यासँग जुधिरहेको विश्व समुदाय आज एकलौटी कोरोनाको लपेटामा परेको छ । जसले विश्व मानव समुदायमाथि नै ठूलो चुनौति थोपरेको छ भने आजसम्मका ज्ञान, वित्रान,दर्शन र विश्व स्वस्थ्य प्रणालीमाथि नै गम्भीर प्रस्न खडा गरेको छ।

जसका कारण विश्व मस्तिष्क नै हल्लीरहेको छ । आज हाम्रो मुलुक एक होइन कोरोना महाव्याधी, भारतीय साम्राज्यवादी हस्तक्षेप, घरेलु दलाल र भ्रष्टहरुको शोषण दमन र आतंकको एकमुष्ट सामना गरिरहेको छ । मानवीय समवेदनाको यस घडीमा भारतीय साम्राज्यबादले सीमा अतिक्रमण गर्नु निकै निन्दनीय विषय हो ।

हाम्रो पुर्खाले रगत र पसिना बगाएर मुलुक रक्षासँगै बहादुर भनेर जसरी विश्वसामु चीनाए । अंग्रेजसँग लड्दा होस् या प्रथम र दोरश्रो विश्व युद्वमा देखाएको बहादुरी होस्, त्यसको आज पनि प्रशंसा हुन्छ । तर आज भने भ्रष्ट नेता र नालायक सरकारका कारण लज्जित हुनु परेको छ । आज मुलुक दलाली, भ्रष्टाचार, कालोबजारी, लुट, खसोट, हत्या, हिंशा, बलत्कार, महङ्गीको रसातलमा चुर्लुम डुबेको छ ।

कथित कमाउनिस्टको सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा लगाउँ छ। संविधानमा समाजबाद उन्मुख भनेका छन तर व्याबहारमा सरकार फासिवाद तिर लम्किरहेको छ। यहाँ सरकारका झोले र अन्धभक्तबाहेक अरुलाई बोल्न मनाही छ । सडकमा लिपुलेख हाम्रो हो भन्न मिल्दैन । सरकार दमन गरिहाल्छ। २०११ साल सुस्ताको नरशाही क्षेत्रबाट हाम्रो भुमि अतिक्रमण सुरु गरेको भारतले आज झन्डै ७० हजार हेक्टर जमिन अतिक्रमण गएको छ।

आज नेपाल सरकारले कालापानी, लिपुलेख र लिम्प्पियाधुरासहितको भुमि समेटेर नयाँ नक्सा जारी गर्नु एकहदसम्म उपलब्धि मान्न सकिएला तर मुख्य कुरा कार्यन्वयन को हो । के कार्यन्वयन होला ? नक्सा जारी गर्नु पछाडिको कारण एमसीसीसँग जोडिएको सहजै अनुमान लगाउन सकिन्छ । किनकि कोरोनाका कारण जनताको अस्तव्यस्त दैनिकी र जनजीवनलाई सरकारले हल र उचित व्यस्थापन गर्न नसक्नु, त्यसै माथि भारतीय साम्राज्यबाटले नेपाली भुमिमा भूमिगत शैलीमा सडक बनाएपछि राष्ट्रिय भावानाले ओतप्रोत र आक्रोशित जनतालार्इ नक्साले थामथुम पारेर एमसीसी पास गर्ने ठूलो योजना देखिन्छ ।

मुलुक भारतीय साम्राज्यबादी अतिक्रमण र हेपाहा प्रबृतिबाट मुक्ति चाहन्छ । सरकार साम्राज्यबादको मालिकको पनि मालिक एमसीसीलार्इ संसदबाट नै प्रबेश गराउन चाहान्छ । जसका कारण हाम्रो भुमि विदेसी शक्तिराष्ट्रको क्रिडास्थल बन्ने पक्का छ । यसमा कुनै शन्देह छैन । सम्पूर्ण देशभक्त नागरिकहरु सचेत हुन जरुरी छ ।

हामी आफ्नो माटोको लागि जस्तो सुकै मूल्य चुकाउन तयार रहनु पर्छ । एक सार्वभौम र स्वतन्त्र मुलुकमाथिको बैदेशिक हस्तक्षॆप हामीलार्इ कदापी स्विकार्य छैन । किनकि हामी एक्काइसौ शताब्दीका सचेत र स्वतन्त्र नागरिक हौ । हामी आत्मा सम्मान चाहान्छौ । कसैको दासत्व र पराधिन जीवन हामीलार्इ स्विकार्य छैन ।

आज बन्दाबन्दीको यो अवस्थामा जनताहरु कसरी जीवन धान्न कसरी छाक टार्ने भन्ने पिरमा बसेका छन भने सरकार जनतालार्इ उचित राहत र व्यबस्थापन गर्न त कता हो कता उल्टै आफ्नो कुर्षि जोगाउन संसद खरिद बिक्रिमा लाग्छ । जनताको जीवनसँग कुनै सरोकार नराख्ने अध्यादेश जारी गर्छ । निजि स्कुल र आस्पतालहरु सरकारीकरण हुनु पर्छ भनेर बहस चलिरहेको यस समयमा सरकार भने निःशूल्क स्वास्थ्य र शिक्षा कता हो कता उल्टै कोरोना परिक्षण गर्न पन्ध्र हजार शुल्क तोक्छ ।

निजि अस्पताललार्इ जनता लुट्न निदेशन दिन्छ । लाग्छ सरकारको व्याबहारबाट जनताको जीवनसँग सरकारले कुनै सरोकार राख्दैन तर भाषनमा भने जनताको लागि गर्न केहि बाँकी छैन जस्तो गर्छ। नेताको भाषणले जनताको भोको पेट भरिदैन । अहिलेको सरकारसँग त्यस्तो कुनै नीति नै छैन। जुन नीतिले जनस्तरमा जनताको जीवन बदलिवस र जनताहरुले सुखको स्वास फेरुन।

स्वास्थ्य र शिक्षालार्इ संबिधानमा मौलिक हकको रुपमा व्याख्या गरिए पनि यहाँ सत्तासिन शासकहरुकै संरक्षणमा स्वास्थ्य र शिक्षामा दलालहरुले ठूलो लुटको धन्धा चलाइरहेका छन । मुलुकमा एउटा उद्योगसम्म छैन। भएकै उद्योगसमेत बेचेर खाए दलालहरुले । जसको परिणम विकासको मेरुदण्ड र मुलुकको भबिश्य युबाहरु आज सामान्या आफ्नो दैनिकी धान्न खाडी मुलुकमा श्रम बेच्न्नु बाध्य छन ।

आज स्वास्थ्य र शिक्षा क्षेत्र माफियाकरण, दलालिकरण र व्यापारीकरणले आक्रान्त बनेको छ । नयाँ पुस्ताले यो सरकारबाट के आशा गर्ने ? जसले नेपालमा गणतन्त्र आउनु बयेलगाडा चढेर अमेरिका पुग्नु हो भन्थे, जसले महाकाली बेचे तिनै आज गणतन्त्र नेपालको कार्यकारी प्रमुख छन् । अनि के यिनीबाट जनताले सुख र देशले दिगोशान्ति पाउला त ? मुलुकमा देखिएका समस्या र वैदेशिक हस्तक्षेपका विरुद्ध दिर्घकालिन हल खोज्न ढिलो भैसकेको छ। जुन देशका नौजवान युबाहरुले नयाँ सपना देख्दैनन्, नयाँ आशा गर्दैनन्, एउटा नयाँ लक्ष्य बोक्दैनन्, आफ्नो मुक्ति र देश को स्वतन्त्राको लागि एउटा नयाँ संकल्प गर्दैंन त्यो देशले नयाँ जीवन पाउँदैन।

आज हाम्रो देश यस्तैमा फसेको छ। अब नयाँ पुस्ताले वर्तमान राज्य व्यबस्थ्याको विकल्प खोज्न र राष्ट्रिय स्वाधिनताको लडाई लड्न एकदम आवश्यक छ। त्यसको लागि हामी तयार रहनु पर्छ । सरकारले तत्काल नेकपामाथि लगाएको प्रतिबन्ध खारेज गरोस र सब एकजुट भएर बैदेशिक हस्तक्षेपका विरुद्ध एक भयर लड्न आबश्यक छ।

यदि आज हामीले त्यो आट गर्न सकेनौ भने वैदेशिक हस्तक्षेपले निरन्तरता पाउने छ । जसका कारण हामी सँगसँगै आउने पुस्ताले समेत दुःख पाउने छ भने इतिहासले हामीलाई कदापी माफी दिने छैन । अब नयाँ पुस्ता देशको मुक्तिदाता बनेर उदाउन जरुरी छ।

त्यसैले आउनुहोस बैज्ञानिक समाजबादको आलोकमा एकिकृत जनक्रान्तिको झन्डा बिहानीको उसाकिरणको क्षितिजसँगै जगमगाइ रहेको छ। यसलाई बिजयको सगमाथाको चुचुरोमा फराउ र मुक्तिको त्यो चम्किलो प्रकाशपुञ्जलार्इ पछयाउदै आगाडि बढौं।

बम विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता हुन ।