थप २१ जनाले जिते कोरोना भाइरस, डिस्चार्जको तयारी

शुक्रबार, ९ जेष्ठ २०७७

नेपालगन्ज – बाँकेको नेपालगन्जमा कोरोना संक्रमण पुष्टि भएका २१ जना निको भएका छन । बिहिबार गरिएको दोश्रो परिक्षणमा पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

बाँकेको खजुरामा रहेको कोरोना विशेष अस्पतालले ८५ बर्षिय बृद्धासहित २१ जनालाई डिस्चार्ज गर्ने जनाएको छ । उनीहरु बाँकेमा पहिलो पटक कोरोना पुष्टि भएको बृद्धासहित २१ जना हुन ।

यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७० पुगेको छ । ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।