सुदुरपश्चिममा फेरी देखियो कोरोना, थपिए २० संक्रमित

शुक्रबार, ९ जेष्ठ २०७७

काठमाडौं – कोरोना मुक्त भएको सुदुरपश्चिममा फेरी कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सुदुरपश्चिमको डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ ।

डडेलधुराको पराशुराम १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्त, कैलालीमा पनि तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।