टिचिङ हस्पिटलमा उपचारत महिलामा कोरोना संक्रमित पुष्टि

शनिबार, १० जेष्ठ २०७७

काठमाडौं – शुक्रबार कोरोना पुष्टि भएकी मकवानपुरकी ५४ वर्षीया महिला काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेकी खुलेको छ।

सेन्टरका कोभिड १९ म्यानेजमेन्ट टिमका संयोजक रञ्जन सापकोटाका अनुसार मुटुको समस्या रहेकी महिलालाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो।

‘मुटुको समस्याका कारण भर्ना हुनुभएको उहाँमा पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो,’ उनले भने। सापकोटाले बिरामीको स्वास्थ्यमा क्रमशः सुधार भएको भन्दै बिरामीलाई आइसियूमा सार्ने तयारी रहेको बताए। यसअघि बिरामीको मुटुको धड्कन पनि कम र रक्तचाप पनि कम रहेको थियो।

सुरूमा उनको र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएकोमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनलाई गंगालाल अस्पतालबाट मनमोहन भास्कुलर सेन्टरमा रिफर गरिएको थियो ।