थप ३६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपाल थ ३३ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उनीहरु विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमित संख्याको ५८४ पुगेको छ ।
सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नरैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।
उनीहरू सबैको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।