मनकामनाको दर्शन गरी हेर्नुहोस् तपाईको आजको राशिफल, मनको कामना पुरा हुनेछ

आइतबार, ११ जेष्ठ २०७७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोधपनि आउन सक्छ । खर्चसमेत बढ्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक क्षेत्रमा सफलता पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सहार्मिक र सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाईएला । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । आफ्नो भूमिबाट लाभ रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा सामान्य धनलाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल