डिल्लीबजार कारागारमा झडप
काठमाडौं – डिल्लीबजार कारागारमा झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर कैदीबन्दीबीच झडप भएको ।
तर प्रहरीले भने झगडा विषय अर्कै भएको प्रतिक्रिया दिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्वान्टिनले उदारोमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताएका छन् ।
‘लकडाउनले आफन्त पनि भेट्न आएनन्, पैसा पनि सिद्धियो’, उनले भने, ‘क्यान्टिनमा पनि समस्या भएपछि विवाद भएको हो ।’
अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले बतायो । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।