काठमाडौंको प्रहरी चौकीमा गोली चल्यो, एक जनाको मृत्यु

आइतबार, ११ जेष्ठ २०७७

काठमाडौं – काठमाडौंको एक प्रहरी चौकीमा गोली चलेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको हो ।

गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्कीको निधन भएको छ । गोली कसले, किन चलायो भन्‍नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।