सीमानामा अलपत्र नेपालीमाथि भारतीय प्रहरीको लाठीचार्ज

सोमबार, १२ जेष्ठ २०७७

काठमाडौं – पश्चिम नेपालको गड्डाचौंकी नाकामा अलपत्र परेका नेपालीहरुलाई भारती प्रहरीले लठिचार्ज गरेका छन । खाना खाने विषयमा भएको सामान्य विवादलाई लिएर प्रहरीले दर्जनौं मजदुरमाथि लाठी चार्ज गरेको हो ।

भारतका विभिन्न शहरबाट पैदल आएका मजदुरहरुलाई गालिगलौज गर्दै धम्क्याउन थालेपछि प्रतिकार गर्दा एक एक गर्दै कुट्ना थालेको पिडित युवाले बताएका छन । करिव एक हप्तादेखि गड्डाचौकीमा अलपत्र उनीहरुलाई खानाको राम्रो व्यवस्था नभएको भन्दै गुनासोको गर्दा भारतीय प्रहरीले लठ्ठि प्रहार गरेको बुझिएको छ ।

२४ घण्टामा एक पटक खाना खुवाउने व्यवस्था गरेको भएपछि आइतबार वेलुका खाना ल्याउन ढिला भएपछि युवाहरुले खोधिखोजी गरेका थिए । ‘बढि जान्ने हुने होइन, छिट र भेटभरी खाना खान मनभए आफ्ना देश गैजा’ भन्दै कुटपितमा उत्रीएको उनीहरुको भनाई छ ।

भारतीय नाका गड्डाचौंकी, टनकपुर लगायतका ठाउँमा हजारौं युवाहरु अलपत्र परेका छन । उनीहरुको उद्धार गर्ने भनिएको भएपनि आजसम्म कसैले पनि उद्धार कार्य सुरु गरेका छैन ।