महोत्तरीमा दोहोरो भिडन्त, १ जनाको मृत्यु

सोमबार, १२ जेष्ठ २०७७

महोत्तरी – महोत्तरीको रामगोपालपुर नगरपालिका ७ ससौलामा प्रहरी र लागुऔषध कारबारीबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा एक लागुऔषध कारोबारीको मृत्यु भएको छ भने ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध कारोबारीकोको डिलरमा खोजतलासी गर्दा प्रहरीमाथि कारोबारी आक्रमण गरेका थिए । आक्रमण पस्चात आत्मरक्षाका लागि प्रहरीले गोलि चलाएको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी माधब बुढाथोकीले बताए ।

प्रवक्ताक अनुसार घटनामा १ जना लागुऔषध कारोबारीको मृत्यु र ४ प्रहरी घाइते भएको बताए । मृत्यु हुनेमा राजन यादव रहेका छन् । घाइते प्रहरीको स्थानिय मेडिकलमा प्राथमिकता पछि जिल्ला हस्पिटलमा भर्ना गरिएको छ।