बर्षा राउत काण्ड र उदाङ्गिएको नेपाली समाज

सोमबार, १२ जेष्ठ २०७७

काठमाडौं – प्रसंग केही दिन अगाडीको हो । एउटा लाइभ इन्टरभ्युमा नेपाली चलचित्र की चर्चित नायिका बर्षा राउतको मुखबाट २ वटा कुरा चिप्लिए ।

१. दुबै देशका पत्रकारहरुले समस्या हल गर्न भन्दा पनि समस्या मौलाउने काम गर्दैछन् ।
२. यसले गर्दा भारतीय साथिहरुसँग र उनीहरु एक अर्कालाइ फेस गर्न गाह्रो भएको छ ।

यो भिडियो करिब आधा घण्टा बढिको इन्टरभ्युको हो । तर भाइरल भईरहेको छ १५ सेकेण्डको भिडियो क्लिप । यी २ बुदामा बर्षाको थोरै बोल्ने शैली नमिल्दा चिप्लिएको देखिन्छ । उक्र भिडियोमा उनले कतै नेपालको मायाँ लाग्दैन भनेर भनेको पाइदैन । यदी पुरै भिडियो हेर्ने हो भने उनले धेरै सकारात्मक कुरा बोलेकी छिन् ।

उनको पहिलो बुदालाई पनि सकारात्मक लिने हो भने त्यहाँ उनले कुरा सत्य छ । आज नेपाल भन्दा भारतीय मिडियाहरु कसरी कुर्लेको छ, कुनै आधार बिना अनि नेपालका पनि केही अनलाइन र युटुबरहरु आवश्यकता भन्दा बढि अनावश्यक आक्रामक भएको देखिन्छ । सबै मिडिया होइन तर नेपालकै पनि कतिपय अनलाइनले कस्तो कस्तो टाइटल राखेर समाचार राखिरहेका छन्, हामी देख्न सक्छौ । त्यसकारण दुबै तर्फको मिडिया पनि संयमित हुनै पर्दछ । उनको भनाई यताती केन्द्री भएको देखिन्छ ।

मैले यहाँ बर्षाले सही बोलिन् भनेर भन्ने खोजेको होइन, मैले जोड्न खोजेको कुरा हाम्रो समाज कता जादै छ ? किन एउटा सामान्य विषयलाई अतिरन्जीत गरिन्छ र अश्लिलता प्रदर्शन गरिन्छ ? यस विषयमा केही पाटाहरुलाई केलाउने कोशिष गर्दैछु ।

आज हामी सबैले गम्भीर भएर समिक्षा गर्नै पर्दछ यही हामी सच्चा देश भक्त होउँ भने । हो उनीबाट बोल्दा गल्ती भयो । उनको जिब्रो चिप्लीयो । उनले यो कुरा स्विकार पनि गरिसकेकी छन । तर आज जुन किसिमले सोसल मिडियामा उनको बिरोध भएको छ, जुन उनको फोटोहरुलाई इडिट गरेर अश्लिलता प्रदर्शन भइरहेको यसले गम्भीर बनाएको छ ।

उनीमाथि अश्लिल शब्दहरुबाट प्रहार भएको छ । जस जसले यस्तो हर्कत गर्नुभएको छ, ‘के तपाईलाई लाग्छ सही गरिरहेको छु ? के तपाईलाई लाग्छ तपाइ राष्ट्रवादी हो ? के तपाइलाई लाग्छ आफ्नै चेलिलाई उदाङगो गरेर राष्ट्रवाद जोगिन्छ ?’

कठै तपाइको सोच, कठै तपाइकौ खोक्रो राष्ट्रवाद । तपाई गर्नुभएको यो सव राष्ट्रवादको पछाडिको अपराधि हो । जसले पनि अश्लिल कुराहरुबाट प्रहार गर्नुभएको छ तपाई अपराधि हो, बलात्कारी हो । तपाईले कसैको मान सम्मान अनि प्रतिष्ठासँग बलत्कार गरिरहनुभएको छ ।

कलाकार भनेको देशको गहना हुन्, एउटा कलाकार बन्नुमा धेरै मेहनत र संघर्ष आवश्यकता पर्दछ । एउटा भिडियो क्लिप हेरेर उनले बिगतमा राष्ट्रको लागि गरेको योगदानको अनुदार गर्नु के उचित होला ? उनले ३० मिनेटसम्म बोलेको राम्रो कुराहरु कसैले बुझ्ने कोशिष गर्नुभएको छ । उहाँले ३० मिनेटको भिडियोमा सबै प्रमाण जुटाएर आफ्नो भुमि फिर्ता ल्याउनु पर्ने देखि मनिषा कोइरालाको सपोर्टमा बोलेको कुरा त्यही भिडियोमा हेर्ने कसैले कोशिष गर्नुभयो? उनले त केहि दिन अगावै यस इन्टरभ्यु अघि आफ्नो सोसल पेजबाट मनिषा दिदिलाई सपोर्ट गरेको पोष्टनै छ त, त्यसलाई भुलिदिने ?

यदि पुरा भिडियो हेर्ने हो भने समग्रमा एउटा बुदामा आएर उनले बोल्दा शब्द चयन गर्न नजानेको देखिन्छ । आम जनता र दर्शकले आफ्नो मनपर्ने कलाकारबाट यस किसिमको गल्ती हुनुमा चित्त दुखाउनु स्वभाबिकै हो । त्यसको महशुस गर्दै बर्षाले आफ्नो सोसल मिडिया मार्फत माफि मागी सकेकी छिन् । माफि मात्रै मागिनन् जनता जान्न चाहान्छन् कार्यक्रममा राष्ट्रियताको लागि मेलै केही गरेर हाम्रो जमिन फिर्ता हुन्छ भने म कालापानीमा गएर झुण्डिन (मर्न) तयार छु भनि सकेकी छिन् । त्यस पश्चात पनि उनलाई अझै बिरोध गर्नुमा केही तुक छ त ?

कहिले काँही मान्छेबाट गल्ती हुन सक्छ, गल्ती मान्छेबाट नै हुने हो । अब के माफी नदिने, उनलाई अब फासि दिनुपर्ने होर । हाम्रो चेलिबाट केहि गल्ती भयो, माफी मागिसक्यो अब सक्यो त । अब यही कुरालाई मसला बनाएर दुनियाँ र छिमेकी हसाउने काम गर्ने यहि नेपाली नेपालीबीचको मेलमिलाप हो ? लकडाउनको समयमा केहि उर्जनशिल काममा खर्च गरौ, नक्शालवाद र खोक्रो राष्ट्रवादको नाच बन्द गरौं । यदि तिमी पनि आफ्नो राष्ट्रप्रति साच्चै मायाँ गर्छौ भने ।

यो हाम्रो समाज कता जादै छ ? नेपालको लोकतन्त्र, गणतन्त्र कस्तो मोडलको हो र कता जादैछ ? आज गम्भिर प्रश्नचिन्ह खडा भएको छ । लोकतन्त्रमा बिरोध गर्न पाहिन्छ तर बिरोधको नाममा अरुको चरित्र हत्या पाहिन्छ ? बिरोधको नाममा अश्लिल शब्दहरु र अश्लिल फोटोहरु पनि बनाउन पाहिन्छ ? के सोसल मिडियालाई हेर्ने राष्ट्रको कुनै निकाय छैन ? यो गम्भीर प्रश्नको उत्तर दिने कुनै निकाय छैन ?

यस गम्भिर बिषयको सम्बन्धित निकायको ध्यान जाओस् । बिरोधको नाममा कसैको चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन । कानुनी राज्यमा बिरोधको नाममा अरुको चरित्र हत्या गर्ने, अश्लिल शब्द तस्वीहरुको प्रयोग गर्ने जो कोही किन नहोस् सजायको भागिदार हुनैपर्छ ।

अन्तमा,

प्रिय बर्षा जी । जे भयो त्यसलाई बिर्सिदिउ, आगामी दिनमा राष्ट्रिय मुद्धामा बोल्दा थोरै बिचार पुराइदिनुहोला । यहाँले जनता जान्न चाहान्छन्, कार्यक्रममा राष्ट्रियताको लागि मेलै केहि गरेर हाम्रो जमिन फिर्ता हुन्छ भने म कालापानिमा गएर झुण्डिन (मर्न) तयार छु जुन भन्नु भएको छ यो बोलिलाई सधै आत्मासाथ गर्नुहोला । तपाईको ब्यक्तिगत तथा ब्यवसायिक सफलताको शुभकामना ।्

आम जनसमुदाय गल्ती मानिसबाट नै हुन्छ । यदि गल्तीको कसैले प्रायश्चित गर्छ र सुधार गर्छ भने त्यसलाइ माफ र मायाँ दिनसक्नुपर्दछ । जसले माफ दिन्छ त्यो महान ब्यक्ति कहलिन्छ ।
एन.एस.जि. ग्रुपको गितको केहि हरफ साटपि लिदै पुर्णबिराम ।

सय थरी बाजा एउटै ताल
सय थरी गोडा एउटै चाल
मेचिकाली सिङगै दिखो
साझा हाम्रो ज्यान नेपाल ।