ऐन महरको प्रतिक्रिया, ‘आरोप प्रमाणित भए राजनीति जीवन त्याग्छु’
जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने चेतचावनी दिएका छन । मोटिभेट न्यूज डटकमले स्थानिय ठेकेदारसँग करोडौं घुस खाएको समाचार सम्प्रेषण गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
मोटिभेट न्यूज डटकममा प्रकाशित ‘ऐन महरले ठेकेदारसँग करोडौं घुस खाएको खुलासा, सूचना दिनेको परिवारका सबैलाई मारिदिने धम्की’ शिर्षकको समाचार खण्डन गर्दै महरले आरोप प्रमाणीत गरे सधैंको लागि राजनीतिबाट अलग हुने घोषणा गरेका छन ।
संगठनको लेटहेडको प्रयोगसमेत गर्न नसकी उनले आफ्नो सामाजिक संजाल फेसबुकमा यस्तो खालको प्रतिक्रिया दिएका हुन । उनले स्टाटस लेख्दै भनेका छन, ‘पछिल्लो समय केही व्यक्तिको सामाजिक सञ्जाल तथा केही सामान्य अनलाईन समाचारमा भ्रामक तथा तथ्यहिन समाचार सम्प्रेषण गरी चरित्र हत्य गर्न खोजीए छ । यसको कानुनी उपचारका छिट्टै खोजिने छ ।’
यो पनि पढ्नुहोस्
ऐन महरले ठेकेदारसँग करोडौं घुस खाएको खुलासा, सूचना दिनेको परिवारका सबैलाई मारिदिने धम्की
जब ऐन महर खुकुरी र भालासहित क्याम्पसभित्र छिरे…