१० बर्षे जनयुद्ध र रुकुम हत्याकाण्ड

मंगलबार, १३ जेष्ठ २०७७

काठमाडौं – एकदिन राजा सिकार गर्न आफ्ना भारदारहरुसँग घनघोर जङ्गलमा गए । दिनभर सिकार गर्दापनि असफल भएपछि दरबार फर्किने तयारी गर्दै थिए । त्यतिनै वेला उनीहरुले एउटा मृग देखे ।

मृगृलाई मार्न खोज्दा जङ्गलमै भएको एउटा सर्पलाई चोट लाग्यो । सर्व मरेन तर मरेजस्तै भयो । मृर्ग भाग्न सफल भयो । त्यो कुरा राजालाई पनि जानकारी थियो । उनले सर्पलाई चोट लागेकोमा माया होइन अक्रोस पोखे । सर्प नआएको भए मृर्ग मर्नेथियो भन्दै बर्वराउन थाले । त्यो दिन सिकार गर्न नसकेर राजा दरवार फर्किए ।

अर्को दिन त्यही ठाउँमा सिकार गर्न भनेर जाँदै थियो । उनले आफ्ना भारदारसहित केही मन्त्रीलाई पनि संगै लिएका थिए । बाटोमा जाँदै गर्दा राजाले अघिल्लो पटकको सिकारमा चोट लागेर घाइते भएको सर्पलाई देखे । सर्प आफ्नै तरिकाले रमाइरहेको थियो ।

राजाले सर्पलाई जिस्काए । सर्पले राजा फेरी आफूलाई मार्न आएको सोचेर आक्रमण गर्न थाल्यो । पहिला मन्त्री र भाइभारदारलाई डस्यो । त्यो कुरा देखेर राजा आक्तिए । उनीसँग बलियो घोडा थियो । अरुलाई डस्न थालेपछि राजा र उनको सुरक्षामा रहेका केही सिपाईहरु भागे ।

मन्त्री र भाइभारदारको घटनास्थलमै मृत्यु भए । भागेर दरबार पुगेका राजाले यो कुरा सबैलाई सुनाए । फेरी अर्काे टोली भाइभारदारहरुको खोजिका लागि घटना स्थल तीर गयो । तर त्यहाँ सबैको स्वर्गारोहण भइसकेको थियो ।

पछि दरबारमा पुजापाठ गर्ने निधो गरियो । यस्तो भब्यतब्य कसरी भयो भनेर नामुक जोतिसलाई बोलाइयो । जोतिसले घटनाको सबै विवरण सुने । त्यसपछि उनले भने, ‘जव तपाईले सर्पलाई घाइते बनाउनुभयो त्यसपछि सर्पले तपाईहरु माथि आक्रमण गर्यो ।

जोतिसले भने, ‘यदी सर्प मरेको भए तपाईलाई केहीको डर थिएन । जव सर्प मरेन तपाईहरुलाई मार्यो । तसर्थ, केही काम आँटी सकेपछि त्यसलाई पुरा गरी छोड्न पर्छ । अधुरा कामहहरुले धेरै क्षति पुर्याउँछ ।’

अहिले रुकुम पश्चिममा घटेको घटना पनि त्यस्तै हो । १० बर्षे जनयुद्धमा माओबादीले जातिय भेदभावलाई अन्तय गर्दै, सबै मानवजाती समान हो भनेर जनचेतना फैलाएको थियो । त्यसकै लागि भनेर क्रान्ति गर्यो । दुर्गम इलाकामा यसको प्रभाव निकैनै परेको थियो ।

तर, बाबुराम-प्रचण्डले बीचमै क्रान्तिलाई धोका दिएर घाइते बनाए । अहिले उक्त घाइते अवस्थामा भएको जातिय विभेद २०५२ साल भन्दा पूर्वफर्किएको छ र नवराज विकहरुले प्रेम गरे बापत बली चढ्नु पर्ने अवस्था सृजना भएको छ । गाउँमा नयाँ सामान्तहरुको उदय भएको छ । उनीहरुले दलितलाई मान्छे भन्न छोडेका छन ।

फेरी एक पटक जातिय विभेद अन्त्यका लागि निणार्यक आन्दोलनको आवस्यकता महसुस भएको छ । देशले फेरी क्रान्तिको माग गरेको छ । दलाल संसदिय व्यवस्थाका नाइकेहरुले यस्ता घटना घटेपछि ढाकछोप गर्दै पिडितको पिडामा नुनखुर्सानी दल्ने काम गर्दैछन । विषयलाई ढाकछोप गर्दै भित्रभित्रै जातियतालाई बढवा दिन मलजल गरिरहेका छन ।

तसर्थ, देशले नयाँ खालको राजनीतिक व्यवस्थाको माग गरेको छ । आजको आवश्यकता भनेकै जनताको सक्ता हो । त्यो एकिकृत जनक्रान्ति मार्फत निर्माण हुने बैज्ञानिक समाजबादी व्यवस्था हो । सबै जातजाति, भाषा, धर्म, सस्कृतिका समुदायहरुको अपनत्व भएको समाजबादी व्यवस्थाका लागि तयार रहन सबैलाई आग्रह छ ।

अन्त्यमा, अन्तरजातिय प्रेम गरेकै कारण ज्यान गुमाएका नवराज विकसहित उनका साथिहरु प्रति हार्दिक श्रदान्जली ।