अमेरिकाको झण्डा बोकेर संसदको रोस्टममा पुगे अर्थमन्त्री

मंगलबार, १३ जेष्ठ २०७७

धनगडी – नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा चर्को बहस भइरहेको छ । एमसीसी सम्झौता जस्ताको तस्तै संसदबाट पास गर्न हुने वा नहुने विषयमा सत्तारुढ नेकपाभित्र विवाद छ ।

देश एमसीसीमय भइरहेका वेलामा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री (प्रदेश अर्थमन्त्री) झपट बहादुर बोहोरा अमेरिकाको झण्डा लिएर संसदमा छिरेका छन । मंगलबारको प्रदेशसभा बैठकमा बोहोराले अ‍ेमेरिकाको झण्डा भएको रुमाल रोस्टममै पुर्याएका छन ।

संसदमा संबोधन गर्ने क्रममा उनले अमेरिकाको झण्डा भएको रुमाल रोस्टममा पुर्याएर सबैलाई देखाएका थिए । प्रदेशसभामा उनले त्यही झण्डाले माइक छोपेर बोल्न सुरु गरेका थिए । दिर्घ रोडारी, भरत खड्का लगायतका सांसदहरुले निमापत्ती जनाएपछि उनले बोलेको कुरा संसदको रेकर्डबाट हटाइएको छ ।

त्यस्तै मन्त्री बोहोराले संसदमा उभिएर कालापानी, लिपुलेक विवादित भुमि भएको बताएका छन । संसदलाई संबोधन गर्दै उनले नक्सा पारित गरेर चलनचल्तीमा ल्याएकोमा संघिय सरकारलाई धन्यबाद दिदै उक्त भुमि विवादित भएको बताएका हुन । यसको पनि सांसदहरुले विरोध गरेका छन ।

उनीहरुले नेपालले नक्सा जारी गरी प्रयोगमा समेत ल्याइसकेपछि मन्त्रीले यस्तो कुरा बोल्नु गैरजिम्मेवारी भएको बताए ।