अमेरिकाको झण्डा बोकेर अर्थमन्त्री रोस्टम पुगेपछि हङ्गामा, संसद अवरुद्ध
काठमाडौं – सुदरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री (प्रदेश अर्थमन्त्री) झपट बोहराले संसदमा अमेरिकाको झण्डा प्रर्दशन गरेपछि चर्को विरोध भएको छ । मंगलबारको बैठकमा मन्त्री बोहोराले संसदको रोस्टममा रहेको माइक छोप्नलाई अमेरिकी भण्डा प्रयोग गरेको थिए ।
यसको विरोधमा नेपाली काँग्रेसले संसद अवरुद्ध गरेको छ । आज बस्ने भनिएको ठैठक काङ्ग्रेसको अबरोध गरेपछि स्थागित भएको छ ।मन्त्री बोहोराले बोहराले ससद बैठक मै राष्ट्र बिरोधि अभिव्यक्ति दिएका र अमेरिकी झडा भएको रुमाल रोस्टममै पुगाएको भन्दै बैठक अबरुद्ध गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको हो ।
संसद बैठकमै सरकारको बहालवाला मन्त्रीले गैर जिम्मेवाररुपमा प्रस्तुत भएर संसदको गरिमा माथी प्रश्न उठेको भन्दै आम जनतासँग माफी माग्नु पर्ने काङ्ग्रेसले माग गरेको छ ।
उने पछिल्लो समय नेपालको नक्सामा समेटिएको भुभागलाई विवादित भनेर भारतको पक्षमा बोलेका थिए ।