नेपालको नयाँ नक्साबारे गम्भीर षड्यन्त्र भएको खुलासा, गगन थापाले खोले पोल

बुधबार, १४ जेष्ठ २०७७

काठमाडौँ – नेपाली काँग्रेसका नेता गगनकुमार थापाले नयाँ नक्साका विषयमा भारतले गम्भीर षड्यन्त्र गरेको खुलासा गरेका छन । भारतबाट आएका एक पूर्वराजदुतले नयाँ नक्सा नेपालको संविधानमा समावेश गराउनका लागि नेताहरुको घरघर पुगेर दवाव दिन थालेको थापाको भनाई छ ।

यसै विषयलाई लिएर थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेका छन । नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढीरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आग्रह गरेका हुन ।

पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराएका छन । उनले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोली नै बैठक बोलाउनु पर्नेमा जोड दिएका हसुन ।

सामाजिक सञ्जालहरुमा उनले लेखेका छन, “परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ ।’

काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरेका छन ।

भारतले सीमाना मिचेको विरुद्धमा नेता थापा सर्वाधिक सक्रियताका साथ लागेका छन भने हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उनको जोड छ ।

प्रतिनिधि सभाको बैठकमा आज संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएपछि आशंका बढ्दै गइरहेका बेला उनले काँग्रेसलाई तत्काल औपचारिक निर्णय गर्न जोड दिएका हुन ।

भारतीय पक्षबाट विभिन्न पार्टीका नेताहरुलाई नक्सा पारित नगर्न दवाव आएको चर्चा व्यापक भइरहेका बेला त्यसबाट प्रभावित नहुन नेता थापाले नेताहरुलाई झकझक्याउदै आएका छन ।