गणतन्त्रका लागि लडेका नेताले गरे गणतन्त्र दिवसकै दिन आत्माहत्या

बिहिबार, १५ जेष्ठ २०७७

डोल्पा – गणतन्त्रका लागि लडेका डोल्पाका एक नेताले गणतन्त्र दिवसकै दिन आत्माहत्या गरेका छन । देशले १३ औँ गणतन्त्र दिवस मनाई रहदा लामो समय जेल जीवन बिताएका डोल्पाका पुराना नेता लोकबहादुर चलाउने (बबर)ले भेरी नदिमा हामफलेर आत्महत्या गरेका हुन ।

जनयुद्धका अगुवा नेता बबरले त्रिपुरा सुन्दरी नगरपालिका ६ स्थित भेरी नदिमा हामफालेर आत्महत्या गरेका छन । जनयुद्धको सुरुवातदेखि नै पुर्णकालिन कार्यकर्ता भएर हिडेका बबर सुर्खेत जेल ब्रेकका एक हुन । सबै सम्पती पार्टीकरण गरेर सुकुम्बासी भएका बबर बिरामीसमेत थिए ।

उपचारको लागि केहिसमय अगाडि कर्णाली प्रदेश सरकारसँग अनुरोधसमेत गरेका थिए । तर उनलाई प्रदेश सरकारले बेवास्ता गरेको थियो । उमेरले ६० पार गरेका बबर बुधबार भेरी नदिको किनारमा कपडा लठी राखेर हाम फालेको स्थानीयले बताएका छन । उपचारको लागि कर्णाली प्रदेश सरकारसंग अनुरोध गर्दा समेत सहयोग नगरेका कारण बिक्षिप्त भएर आत्माहत्या गरेको बुझिएको छ ।

लामो समय शारीरीक हिसाबले बिरामी परेका चलाउनेको केहि समय अगाडि श्रीमतीको निधन भएको थियो । श्रीमतीको निधनपछि उनि छोरीको घरमा बस्दै आएका थिए । उनका दुइवटी छोरी छन ।