५१ जिल्लामा फैलियो कोरोना भाइरस, कहाँ कति संक्रमित ? (पुरा विवरणसहित)
काठमाडौं – सोलुखुम्बु, दोलखा, बझाङ, दार्चुला र जुम्मामा पनि कोरोना संक्रमित भेटिएका छन । यो संगै कोरोनाभाइरस नेपालका ५१ जिल्लामा फैलिएको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ५१ जिल्लामा कोरोना फैलिएको बताए । आजमात्रै १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४४ पुगेको छ । यस्तै मृतकको संख्या पनि ५ पुगेको छ । बुधबार ललितपुरका एक जनाको कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या ५ पुगेको हो । यस्तै १८७ जना कोरोना संत्रमित निको भएर घर फर्किएका छन ।
कुन जिल्लामा कति जना संक्रमित छन ? यो यहाँ हेर्नुहोस् ।



