सांसद विकास कोषको रकम घट्यो

बिहिबार, १५ जेष्ठ २०७७

काठमाडौं – ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमको बचेट घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै २ करोड बजेट घटाएको बताए ।

अव संसद विकास कोषका लागि सांसदले जम्मा ४ करोडा मात्र पाउने छन । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि भने ६ अर्ब ६० करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । यो चालु आर्थिक वर्षको तुलनामा ३ अर्ब ३० करोड रुपैयाँले कम हो ।